माता तिर्थ औशी अर्थात आमाको मुख हेर्ने दिन पारेर प्यूठानमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । बयोबृद्ध अनाथ संरक्षण सघं, जेष्ठ नागरीक जिल्ला संघ, नगरपालिका जेष्ठ नागरीक समितीको सयुक्त आयोजनामा एक सय बर्ष उमेर समुहका जेष्ठ नागरीकलाइ सम्मान गरिएको हो । बयोबृद्ध तथा अनाथ संरक्षण मञ्च बिजुवारमा भएको कार्यक्रममा प्यूठान नगरपालिकाकी १०२ बर्षिय बृद्धा अपा सुबेदीलाइ सम्मान गरिएको हो । प्यूठान नगरपालिका टारी निवासी सुबेदीलाइ दोसल्ला ओढाइ सम्मान गरिएको हो । माता तिर्थ औशिको अवसरमा ९३ रु ९६ बर्षिय दुइ बयोबृद्धालाइ सम्मान गरिएको हो ।
प्यूठान नगरपा प्रमुख बिष्णु बहादुर योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बयोबृद्ध तथा अनाथ संरक्षण मञ्चका अध्यक्ष शालिकराम पण्डितको अध्यक्षता रहेको थियो । मातातिर्थ औशीको अवसरमा भजनकृतनको पनि आयोजना गरिएको थियो ।
प्रतिक्रिया