logo

  • १३ कार्तिक २०८३, बिहीबार | Thu, 29 Oct 2026

  •      Listen Radio Live

    सामाजिक सशक्तीकरण र स्वास्थ्य सचेतनाका लागि ‘फर्किने बाटो’ नाटक झिमरुक गाउँपालिकामा प्रदर्शन

    सामाजिक सशक्तीकरण र स्वास्थ्य सचेतनाका लागि ‘फर्किने बाटो’ नाटक झिमरुक गाउँपालिकामा प्रदर्शन

    सामाजिक विभेद, लैङ्गिक असमानता, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी विषयमा समुदायलाई सचेत बनाउने उद्देश्यले झिमरुक गाउँपालिकामा ‘फर्किने बाटो’ नाटक प्रदर्शन गरिएको छ। जर्मन विकास सहयोग Giz काे आर्थिक सहयोग तथा झिमरुक गाउँपालिकाको समन्वयमा मण्डला थिएटर नेपालका कलाकारहरूले बुधबार गाउँपालिकाको सभाहलमा नाटक प्रस्तुत गरेका हुन्।

    नाटकमार्फत समाजमा विद्यमान कुरीति, विभेद र असमानताका साथै महिलाले भोग्नुपरेका सामाजिक चुनौतीलाई उजागर गरिएको थियो। महिलाको निर्णय प्रक्रियामा सहभागिता, आर्थिक तथा सामाजिक सशक्तीकरण र सबै वर्ग, जाति तथा समुदायको समान सहभागिताको महत्त्वलाई नाटक मार्फत प्रस्तुत गरिएको थियो।


    स्वास्थ्य सेवामा पहुँच, सामाजिक समावेशीकरण र समुदायमा रहेका समस्याको पहिचान तथा समाधानका उपायबारे दर्शकलाई सोच्न र छलफल गर्न प्रेरित गर्ने उदेश्यले नाटक प्रस्तुत गरिएको झिमरुक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिकास केसीले बताउनु भयो ।
    “सामाजिक तथा स्वास्थ्यसम्बन्धी समस्याको मूल कारण पहिचान गर्ने र समाधानका उपाय खोज्ने प्रयास नाटक मार्फत गरिएको थियो,” उहाले भन्नुभयोे,“समुदायमा बिद्यमान सामाजिक कुरीति र विभेद न्यूनीकरण गर्दै नागरिकलाई स्वास्थ्यसम्बन्धी विषयमा सचेत बनाउने उद्देश्य नाटकको रहेको छ ।”

    कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले समाज रूपान्तरणका लागि कला र रंगमञ्च प्रभावकारी माध्यम भएको बताउनु भयो । यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने र लक्षित वर्गको उत्थानलाई गाउँपालिकाको नीति तथा कार्यक्रममा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसी, जर्मन विकास सहयोग Giz का प्रतिनिधि, वडाध्यक्ष, कार्यपालिका सदस्य, मण्डला थिएटर नेपालका कलाकार,स्थानीय लगाएको सहभागिता थियो।

    मण्डला थिएटर नेपालका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न छ स्थानीय तहमा ‘फर्किने बाटो’ नाटक प्रदर्शन गर्ने छ । नाटकले स्वास्थ्य, लैङ्गिक समानता र सामाजिक समावेशीकरणका विषयमा समुदायस्तरमा संवाद अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



    mandavionline mandavionline    
  • १३ कार्तिक २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP