logo

  • २ भाद्र २०८३, मंगलवार | Tue, 18 Aug 2026

  •      Listen Radio Live

    प्रदेशसभा सदस्य देउवा पदमुक्त

    प्रदेशसभा सदस्य देउवा पदमुक्त

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवालाई पदमुक्त गरिएको छ ।

    सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीले नेपालको संविधान र प्रदेशसभा नियमावलीको प्रावधानअनुसार लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण उहाँलाई पदमुक्त गरिएको जानकारी दिनुभयो । आजै सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्नेसम्बन्धी निर्णय गर्नुभएको उहाँले बताउनुभयो ।

    नेपालको संविधानको धारा १८० को (घ) मा प्रदेशसभा सदस्यको स्थान रिक्त हुनेसम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफामा सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ । यस्तै, सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० ले पनि सोहीअनुसार व्यवस्था गरेको छ ।

    देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनलगत्तै व्यक्तिगत कामका लागि अमेरिका जानुभएको थियो । उहाँ यसयता नेपाल फर्किनुभएको छैन ।



    mandavionline mandavionline    
  • २ भाद्र २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP