नेपाल रेडक्रम सोसाइटी माण्डवी उपशाखाको सभापतीमा खेत बहादुर रोकामगर चयन हुनु भएको छ । आज भएको तेस्रो अधिबेशन तथा छैठौ साधारण सभाले रोकामगरको सभापतित्वमा नयाँ र्काससमिती चयन गरेको हो ।
जसको उपसभापतीमा सरिता थापा, सचिवमा रामचन्द्र पौडेल, उपसचिव पवन पोख्रेल, कोषाध्यक्षमा बिष्णुमाया पौडेल, उपकोषाध्यक्ष खिमानन्द पोख्रेल, महिला सदश्यमा कमला घर्तिठेडी र सदश्यहरुमा कैलाश आचार्य, इन्द्रमणि आचार्य, भगवता ठेडी र माधवा पौडेल चयन हुनु भएको छ ।
आज देविस्थानमा भएको तेस्रो अधिबेशन तथा छैठौ साधारण सभाले सर्वसहमत नेतृत्व चयन गरेको हो । रेडक्रम सोसाइटी माण्डवी उपशाखाको सभापती शंकर प्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा संविधान सभा सदश्य नारायण अधिकारीकाे प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी, नेपाल रेडक्रम सोसाइटी प्यूठानका सभापती गुमानराज पुलामी, वडा सदस्यहरू, आजिवन सदस्य, समाजसेवी, बुद्धिजीवी, ज्येस्ठ नागरिक, शिक्षक, व्यापारी, प्रधानाध्यापक, जनप्रतिनिधि, प्रहरी लगाएतकाे सहभागीता रहेकाे थियाे । लगाएत को उपस्थिती रहेको थियो ।
प्रतिक्रिया