logo

  • २८ फाल्गुन २०८२, बिहीबार | Thu, 12 Mar 2026

  •      Listen Radio Live

    सुरु भयो हाडीगैरा बतासेडाडा सडक निर्माणको काम

    सुरु भयो हाडीगैरा बतासेडाडा सडक निर्माणको काम

    लुम्वीनी प्रदेश सरकारको सहयोगमा बाग्दुला मच्छी सडकखण्ड मध्ये हाडीगैरा बतासेडाडा सडक स्तरोन्नतीको काम आजबाट सुरु भएको छ । सडक पुर्वाधार कार्यालय प्यूठानका कार्यालय प्रमुख सचिधानन्द चौधरीका अनुसार हाडीगैरादेखी बतासेडाडा ५ किलोमिटर सडक स्तरोन्नती र कालोपत्रे गर्नेगरी काम सुरु भएको हो । आसु हरीयाली जेभिले दुई बर्षभित्र सडक निर्माण सक्नेगरी ठेक्का सम्झौता गरेको कार्यालय प्रमुख चौधरीले जानकारी दिनुभयो । दुई बर्षमा निर्माण सम्पन्न गर्ने योजनामा अहिले सडक स्तरोन्नती सहित कालोपत्रेगर्ने सम्मको काम रहेका छन् । ५ करोड ५० लाख रुपैयामा ठेक्का सम्झौता भएको कार्यालयले जनाएको छ ।



    mandavionline mandavionline    
  • २८ फाल्गुन २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP