logo

  • १७ माघ २०८२, शुक्रबार | Fri, 30 Jan 2026

  •      Listen Radio Live

    ‘स्टन्ट’ गर्नेहरुलाई विदेशीले लगानी गरेका छन् : प्रचण्ड

    ‘स्टन्ट’ गर्नेहरुलाई विदेशीले लगानी गरेका छन् : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिष्ट कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र साहलाई अघि बढाउन वाह्य शक्तिहरुले ठूलो लगानी गरिरहेको आरोप लगाउनुभएको छ ।

    मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टीमा चुरे भावर पार्टी समायोजन कार्यक्रममा बोल्दै उहाँले विचार, सिद्धान्त, त्याग, तपस्या र बलिदानको आधारमा अघि बढने भन्दा स्टन्टको भरमा लोकप्रिय हुनेहअरुलाई देशी, विदेशी शक्तिहरुले ठूलो लगानी गरिरहेको बताउनुभयो ।

    ‘अहिले देशमा विचार, सिद्धान्त, राजनीति, त्याग, तपस्या, बलिदानलाई सम्मान गर्ने, त्यसको कदर गर्ने, त्यसको आधारमा सामाज निर्माणको निमित्त भ्रष्टाचार विरुद्ध अभियान चलाउने, सामाजिक न्यायको पक्षमा अभियान चलाउने र आर्थिक पछौटेपनको विरुद्ध आर्थिक विकास निम्ति अभियान चलाउने भन्दा पनि स्टन्ट गरेको भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी, विदेशी शक्तिहरुले ठूलो लगानी गरेको तपाई हामीले देखेका छौ, उहाँले भन्नुभयो । हामीले इतिहासको सम्मान गर्ने, विचारको सम्मान गर्ने, राजनीतिक मुल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्ने ऐतिहासिक आवश्यकता महशुस गरेर नै नेपाली कम्युनिष्ट पार्टी निर्माण प्रक्रियालाई र धुव्रिकरण र एकताको प्रक्रियालाई अगाडि बढाएका हौ ।’

    मुलुकमा राष्ट्रिय तागतको निर्माण गरी देश र जनताको पक्षमा काम गर्न आफूले कम्युनिष्ट र वामपन्थी शक्तिहरुबीचको एकता अभियानलाई तिब्रता दिनुपरेको उहाँको भनाइ रहेको छ ।



    mandavionline mandavionline    
  • १५ माघ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP