आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्यूठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका वीच वन डिभिजन कार्यालय प्यूठानमा अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको नियुक्ति र निर्वाचन सम्बन्धी प्रदेश स्तरीय अभिमुखिकरण सम्पन्न भए लगत्तै निर्वाचन सम्पन्न गराउने जिम्मेवारी आफुहरुमा आएको मुख्य निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीले बताउनु भयो । ‘निर्वाचन आयोगले हामीहरुलाई दुई दिनको प्रदेश स्तरीय अभिमुखिकरण दियो ।’ ,उहाले भन्नुभयो, ‘एउटा झोला बाहेक केहि दिएन, ऐन निकामहरु पनि आयोगको वेवसाइटबाट डाउनलोड गरेर अध्ययन गर्दैछौं ।’ ५१ प्रतिशत काम निर्वाचन आयोगले सम्पन्न गरेको भन्दै उहाले विगतका निर्वाचनहरुको अनुभवका आधारमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने बताउनु भयो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा १५८ मतदान स्थल र २३० मतदान केन्द्र रहेका छन् । कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेको प्यूठान जिल्लामा करिव १ हजार ५ सय कर्मचारी र २ हजार सुरक्षाकर्मी परिचालित हुने प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईले बताउनु भयो ।
प्रतिक्रिया