माण्डवी अनलाइन ।
झिमरुक गाउँपालिकाको वडा नं. ५ मच्छीमा हाटबजारको उद्घाटन गरिएको छ । झिमरुक गाउँपालिकाले ६ लाख रुपैया लागतमा निर्माण गरेको हाटबजारको आज गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले उद्घाटन गर्नुभयको हो ।
स्थानिय कृषी उपजको बजारीकरणका लागी सहज होस भन्ने उदेश्यले हाटबजारको निर्माण गरिएको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनु भयो । गाउँपालिका भित्र कुनै न कुनै क्षेत्रमा कुनै न कुनै खालको कृषिको उत्पादन हुने गरेको र किसानले बजारीकरणको समस्या झेल्दै आएको बताउदै त्यसलाई कमगर्न हाटबजारको निर्माण गरिएको बताउनु भयो । स्थानियको जग्गा भाडामा लिएर हाटबजार निर्माण गरिएको हो ।

झिमरुक गाउँपालिकाका प्रत्येक वडालाई पकेट क्षेत्रका रुपमा बिकास गरेर कृषिमा आत्नमनिर्भर गाउँपालिका बनाउन गाउँपालिका लागीपरेको गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनु भयो । सुन्तला, आलु, टमाटर, दुध, तथा अन्य कषिको बिकाससंगै किसानलाई ब्यवसायीक बनाउन गाउँपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।
आगामी माघ ४ गते स्थानिय, कृषक, जनप्रतिनिधी लगाएतको छलफल पछि हाटबजार सञ्चालन योजना बनाईने र नियमित सञ्चालन गर्नै गाउँपालिकाले योजना बनाएको छ ।
प्रतिक्रिया