logo

  • १७ पुष २०८२, बिहीबार | Thu, 01 Jan 2026

  •      Listen Radio Live

    बाग्दुला, मच्छी सडकखण्ड अन्तरगत बतासेडाडा जिमुरखोला खण्डमा कालोपत्रे गर्न झिमरुक गाउँपालिकाद्धारा ठेक्का आब्हान

    बाग्दुला, मच्छी सडकखण्ड अन्तरगत बतासेडाडा जिमुरखोला खण्डमा कालोपत्रे गर्न झिमरुक गाउँपालिकाद्धारा ठेक्का आब्हान

    बाग्दुला मच्छी सडकखण्ड अन्र्तगत झिमरुक गाउँपालिका भित्रको सडकखण्ड कालोपत्रे हुने भएको छ । बतासेडाडादेखी मच्छी सम्म सडक कालोपत्रे गर्नेगरी झिमरुक गाउँपालिकाले ठेक्का आब्हान गरेको छ । गाउँपालिकाले ९ करोड १० लाख रुपैया बराबरको ठेक्का आव्हान गरेको हो ।

    बतासेडाडादेखी मच्छीसम्म कालोपत्रे गर्ने योजना अन्र्तगत सडकको ठेक्का आब्हान गरिएको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनु भयो ।‘लामो समयदेखी अलपत्र सडकखण्डको काम गत बर्षदेखीनै तिब्र गतिमा भैरहेको छ,’ गाउँपालिका अध्यक्ष एमसीले भन्नुभयो,‘गाउँपालिकाले प्रमुख प्राथमिकतामा सडकलाई राखेर काम गरिरहेको छ ।’गत बर्ष सडक स्तरोन्नतीको काम भयो । यो बर्षदेखी सडक कालोपत्रे गर्नेकाम सुरु हुने बताउनु भयो ।

    बाग्दुला भिमगिठे सडक योजनाका नाममा बर्षाेसम्म कुर्दासमेत सडक स्तरोन्नतीको काम नभएपछि गाउँपालिकाले गत बर्षबाट सडक स्तरोन्नती सहितको काम थालेको थियो । १० मिटरको सडक निर्माण हुने एमसिले बताउनु भयो । नाली र फुटपाथ सहितको सडक निर्माण हुनेछ ।
    उक्त सडकखण्ड अन्र्तगत बाग्दुलादेखी मच्छी, ढाड खण्डका बाकी भागमासडक डिभिजन कार्यालय र सडक पुर्वाधार कार्यालय प्यूठानले पनि काम सुरु गरेका छन् ।

     



    mandavionline mandavionline    
  • १६ पुष २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP