logo

  • २० कार्तिक २०८२, बुधबार | Wed, 05 Nov 2025

  •      Listen Radio Live

    झिमरुक गाउँपालिकाले एकल महिलालाइ भत्ता दिने

    झिमरुक गाउँपालिकाले एकल महिलालाइ भत्ता दिने

    झिमरुक गाउँपालिकाले गाउँपालिका भित्र बसोबास गर्ने एकल महिलालाइ भत्ता दिने निर्णय गरेको छ । झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर थापाका अनुसार गाउँपालिका भित्रका कुनै पनि कारणले बिबाह नगरी बसेका वा १२ बर्षदेखी श्रीमान बेपत्ता भइ बसेका एकल महिलाहरुका लागी भत्तादिने निर्णय गरिएको जानकारी दिनुभयो ।

    ४५ बर्ष उमेर पुरा भएका एकल महिलाका लागी मासिक भत्ताको ब्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत थापाले जानकारी दिनुभयो । पुष मसान्तसम्म ४५ बर्ष उमेर पुगेका तर अन्य सरकारी सेवा सुविधा तथा सामाजिक सुरक्षा भत्ता नलिनेलाइ गाउँपालिकाले मासिक भत्ताको ब्यवस्था गरेको हो ।
    उनिहरुले मासिक १ हजार रुपैया भत्ता प्राप्त गर्ने छन् ।



    mandavionline mandavionline    
  • २८ पुष २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP