प्रमोद ओली, प्युठान। प्युठान नगरपालिका–५, जुम्रीकाँडा ढुङ्गेठाँटीकी २९ वर्षीय रोशनी बुढा मगर अहिले काठमाडौंको मार्क इन्टरनेशनल किड्नी सेन्टरको आईसीयू बेडमा जीवन र मृत्युको संघर्ष गरिरहेकी छन्। दुवै मिर्गौलाले काम नगरेपछि निरन्तर डायलाइसिसको भरमा बाँचिरहेकी रोशनीको उपचारमा ठूलो आर्थिक भार परेको छ।
उनको परिवारले उपचारका लागि सकेसम्मको प्रयास गरिसकेका छन्। तर, निरन्तर डायलाइसिस, औषधि, अस्पतालको खर्च र आईसीयूको शुल्कले गर्दा उनीहरूको आर्थिक अवस्था अत्यन्तै कमजोर बनेको छ। परिवारले अब उपचार खर्च जुटाउन नसक्ने अवस्थामा पुगेको बताउँदै सबैलाई सहयोगको अपिल गरेका छन्।
मनकारी व्यक्तिहरूले सम्बन्धित व्यक्तिको बैंक अकाउन्टमा रकम उपलब्ध गराई सहयोग गर्न सक्नुहुन्छ।
बैंक खाता विवरण:
बैंक: Sanima Bank
खाताको नाम: ROSHANI B.M
खाता नम्बर: 028011090004470
प्रतिक्रिया