बद्र बहादुर गण खलंगामा भुतपुर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । नेपाली सेना मध्यपश्चिम पृतना हेटक्वाटर अन्र्तगत उप–सम्मेलन केन्द्रका रुपमा प्यूठानमा भुपु सैनिक सम्मेलन गरिएको हो ।
नेपाली सेनामा लामो समय कामगर्दै सेवा निवृत भएका ब्यक्ति र उनीहरुका परिवारहरुको उपस्थितीमा सम्मेलन गरिएको हो । भूतपूर्व सैनिक सम्मेलनको पुनर्मिलन हिताधिकारीको कल्याण र कोषको दिगोपनझ भन्ने उद्देश्यका साथ सम्मेलन गरिएको बर्द बहादुर गण प्यूठानका गणपति प्रमुख सेनानी महेशबाबु कार्कीले बताउनुभयो ।
सम्मेलनलाई सम्बोधन गर्दै गणपति कार्कीले हिमालको चिसोदेखि तराईको रापसम्म र शान्ति स्थापनामा विभिन्न अन्तर्राष्ट्रिय मिसनहरूमा समेत नेपाली सेनाको शिरलाई उच्च बनाउन भुतपुर्वहरुको योगदान रहेको उल्लेख गर्नुभयो । पुर्व सैनिकहरुले देखाएको अदम्य साहस र पराक्रमले नै नेपाली सेनाको सङ्गठन विश्वभर एक व्यावसायिक र अनुशासित सेनाको रूपमा परिचित रहेको बताउनु भयो ।

जिल्लामा ३४८ जना भुतपुर्व सैनिक रहेको नेपाली सेनाले जनाएको छ ।
सम्मेलनको अवसरमा बर्द बहादुर गर्णले बैशाखी, ह्विल चियर बितरण गरेको छ । पूर्ण बहादुर गमाल मगरलाई वाकर, प्रेममान घर्ति मगर, तुल बहादुर पुन मगर र चित्र बहादुर श्रेष्ठलाई वैशाखी, दामोदर पाण्डे र अम्मर बहादुर नगरकोटीलाई ह्वील चियर र रण बहादुर रोक्का मगरलाई एल्वो प्रदान गरिएको हो ।

प्रतिक्रिया