logo

  • ५ चैत्र २०८२, बिहीबार | Thu, 19 Mar 2026

  •      Listen Radio Live

    मन्त्री थापाद्धारा आयोजनाको अनुगमन

    मन्त्री थापाद्धारा आयोजनाको अनुगमन

    लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले प्यूठान जिल्लामा संचालित विकास आयोजनाहरुको अनुगमन गर्नुभएको छ । बिहिबार प्रदेश सरकारका मार्फत संचालनमा रहेका सडक र पुल आयोजनाहरुको अनुगमन गर्नुभएको हो ।
    आयोजनाहरुको अनुगमन गर्दै मन्त्री थापाले आयोजना सम्पन्न गर्नका लागि सहयोग गर्न सबै पक्षलाई आग्रह गर्नुभयो । ‘प्यूठानी जनताको साथ, सहयोग र सद्भावबाट केहि आयोजनाहरु प्रदेश सरकारले संचालन गरिरहेको बताउदै मन्त्री थापाले बाँकी रहेका काम सम्पन्न गर्ने योजना निर्माणका लागि अनुगमनमा आएको बताउनु भयो । मन्त्री थापाले बाग्दुला–मच्छी सडक, दम्ती–बाहाने सडक, दोभाई, कुटीचौर–किटघाट र मच्छी–पिडाल्ने पक्की पुलको अनुगमन गर्नुभएको हो ।

    आगमी वर्षको बजेटबाट चालु अवस्थामा रहेका आयोजनाहरु सम्पन्न गर्ने गरी योजना निर्माण गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । ‘आयोजना कार्यान्वयनको अवस्थाका बारेमा स्थलगत जानकारी लिएको जानकारी दिदै मन्त्री थापाले आगामी दिनमा ति योजनाहरु सम्पन्न गर्नका लागी आबश्यक पर्ने बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

    आयोजनालाई दिगो रुपमा उपयोगमा ल्याउने गरी थप कार्यहरुको बारेमा समेत अनुगमनका क्रममा छलफल गरिएको उहाँले सुनाउनुभयो ।



    mandavionline mandavionline    
  • ५ चैत्र २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP