logo

  • १७ पुष २०८२, बिहीबार | Thu, 01 Jan 2026

  •      Listen Radio Live

    बाग्लीवांग र जाडगाउँका बिद्यार्थीलाई शैक्षिक सामाग्रि बितरण

    बाग्लीवांग र जाडगाउँका बिद्यार्थीलाई शैक्षिक सामाग्रि बितरण

    जनजीवन आधारभुत बिद्यालय बाग्लिबाङ र ने रा प्रा बि जाडँगाउका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रि बितरण गरिएको छ । हेल्प संस्था काठमाण्डौको आयोजना र गौमुखी गाउँपालिकाको शहजीकरणमा दुई बिद्यालयका १७८ बिद्यार्थीलाई शैक्षिक सामाग्री, झोला ,स्टेशनरि, दैनिक ब्यक्तिगत सरसफाइका लागि आबस्यक सामाग्री बितरण गरिएको हो ।
    गौमुखी गाउँपालिका वडा नं. ४ पुजामा रहेको जन जीवन आधारभुत बिद्यालय बाग्लिबाङका १३९ जना र ने रा प्रा बि जाडँगाउका ३९ जना गरी १७८ जना गरिब ,बिपन्न तथा जेहन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रि र सरसफाईका सामाग्रि बितरण गरिएको हो ।


    हेल्प संस्थाको स्कुल इन अ ब्याग कार्यक्रम अन्तरगत शैक्षिक सामाग्री बितरण गरिएको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णुकुमार गिरीले जानकारी दिनुभयो । हेल्प संस्थाका संस्थापक अध्यक्ष जि मि लामाको अध्यक्षतामा भएको शैक्षिक सामाग्रि बितरण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरि, गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी लगाएतको उपस्थिती रहेको थियो । संस्थाले नेपालमा २३ जिल्लाका २६ हजार भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिसकेको छ ।



    mandavionline mandavionline    
  • १६ पुष २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP