नेपाली कांग्रेसका स्थापक बिपि कोईरालाको नाममा गठित बि पि बिचार समाज प्यूठानले भवन निर्माणका लागी जग्गा खरिद गरेको छ । प्यूठान नगरपालिका ७ मा बिपि बिचार समाजको भवन निर्माणका लागी २५४ बर्ग मिटर क्षेत्रफलको जग्गा खरिद गरिएको हो ।
प्यूठान नगरपालिका वडा नं –७ टिकुरी स्थित प्यूठान– भालुवाङ सडक खण्डको उत्तर तर्फ ८ आना जग्गा खरिद गरी संस्थाको नाममा मालपोत कार्यालय प्यूठान मार्फत रजिस्टेशन पास गरिएको संस्थाका अध्यक्ष अमर प्रसाद भण्डारीले जानकारी दिनुभयो । बिपी बिचार समाजको नाममा स्थानियबाट ८ आना जग्गा खरिद गरिएको र अन्य केहि जग्गाका लागी स्थानियसंग छलफल भैरहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । स्थानियले निशुल्क जग्गा उपलब्ध गराउने पनि सहमती भएको छ । स्थानियले जग्गा निशुल्क उपलब्ध गराएपछि संस्थाको १ रोपनी जग्गा पुर्याइने बताउनु भयो । बि पि को बिचार प्रति आस्था राख्ने सबैको आस्थाको रुपमा संस्थागत विकास र कार्यालय निर्माण प्रकृया तत्काल अघि बढाईने संस्थाले जनाएको छ।
नेपाली कांग्रेसका संस्थापक नेता बिपि कोइरालाको नामसंग जोडिएको उक्त संस्थाको नाममा जग्गा उपलब्ध भएकोमा खुसी व्यक्त गर्दै नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले जग्गामा अत्याधुनिक भवन निर्माण गरी बि पिको बिचार संग सम्बन्धित अध्ययन स्रोत केन्द्र कायम गर्ने, विपिको बिचार र नेपाली कांग्रेसको ईतिहास सम्बन्धि सूचना केन्द्र तथा पुस्तकालय सोही भवनबाट सञ्चालन गर्ने गरि योजना बनाएको बताउनु भयो ।
प्रजातान्त्रिक सेनानी संघ प्यूठानका अध्यक्ष तथा समाजका सल्लाहकार कमल पोख्रेलले नेपाली कांग्रेस प्यूठानका पुर्ब सभापति तथा सस्थाका अध्यक्ष अमर प्रसाद भण्डारी बर्तमान सभापति बिष्णु कुमार गिरी, जग्गा व्यवस्थापन समिति संयोजक तथा संस्थाका सबै टिम प्रति आभार व्यक्त गर्दै बि पिको बिचार र योगदानको ईतिहास सुरक्षित गर्न सफल कदम भएको बताउनुभयो । प्यूठान नपा ७ टिकुरी निवासी बिनोद रिजालले १७ लाख रुपैयाँमा उक्त जग्गा बिपी बिचार समाज प्यूठानलाई दिनुभएको थियो ।
प्रतिक्रिया