खलंगा । जिल्ला प्रशासन कार्यालय प्यूठानले मंगलबार दिउसो ४ बजे देखि जिल्लाका बिभिन्न क्षेत्रमा अर्को आदेश नभए सम्मकालागि निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्धाराल जारी गरिएको बिज्ञप्तिमा प्यूठान नगरापलिकाको बेलुवादेखि बाग्दुला पुल्चोकसम्मका प्रमुख बजार क्षेत्रहरु, मित्रमणि चोक बिजुवारदेखि प्यूठान नगरपालिकाको कार्यालयसम्म र खलंगा बजार क्षेत्रको सम्पूर्ण भूभागमा निषेधाज्ञा जारी गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम भेला, जुलुस, प्रदर्शन सभा, बेठक, घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरिएको छ । साथै अत्याबस्यक सवारीसाधनहरु एम्बुलेन्स, सब बाहन, दमकल, स्वास्थ्यकर्मीका सवारी साधा, सञ्चारकर्मीहरुको सवारीसाधनलाई सहजिकरण गरिने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया