logo

  • १३ कार्तिक २०८२, बुधबार | Wed, 29 Oct 2025

  •      Listen Radio Live

    पहिरोमा परी दुई जनाको मृत्यु

    पहिरोमा परी दुई जनाको मृत्यु

    म्याग्दी (बेनी) । यहाँको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छभने पाँचजना घाइते भएका छन् ।

    आज दिउँसो आयोजनाको बाँधस्थल झिँ र दग्नामको सीमा क्षेत्रमा पहिरो जाँदा ढुङ्गा लागेर आयोजनामा कार्यरत मजदुर लालबहादुर सुनार र सुजन बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार, पाँचजना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम लैजाने तयारी गरिएको छ । घटनास्थलमा मौवाफाँट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीसहित आयोजनाका अन्य मजदुरले घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले रघुगङ्गा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।



    mandavionline mandavionline    
  • २ भाद्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP