प्रमोद ओली ,प्युठान । होटल व्यवसायी संघ तथा पर्यटन सूचना केन्द्र प्युठानद्वारा आयोजित एक भव्य समारोहमा नव नियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपकराज नेपाललाई संस्थाको कार्यालय जुम्रीमा स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना गरी सम्मान गरिएको छ। संस्थाका अध्यक्ष श्री लिलाधर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रजिअ नेपालसँगै होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सचिव धनेश्वर भण्डारी, केन्द्रीय सल्लाहकार चन्द्रलाल न्यौपाने, संस्थापक अध्यक्ष शिवबहादुर पुलामी, प्रदेश सह कोषाध्यक्ष जुद्ध कुँवर लगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
सोही अवसरमा प्रमुख जिल्ला अधिकारी नेपालले होटल व्यवसायीहरूलाई म्याद गुज्रेका तथा अखाद्य वस्तुहरू प्रयोग नगर्न र ग्राहकहरूको विस्तृत परिचय खुल्ने गरी विवरण राख्न सुझाव दिनुभयो। “ग्राहकहरुको सुरक्षा तथा सेवा गुणस्तरमा कुनै सम्झौता हुनु हुँदैन।” उहाँले भन्नुभयो। यस कार्यक्रमले स्थानीय प्रशासन र पर्यटन व्यवसायीबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा संस्थाको दोस्रो बैठकको निर्णयअनुसार चन्द्रलाल न्यौपानेलाई मानार्थ सदस्य, शिवबहादुर पुलामीलाई वरिष्ठ सल्लाहकार तथा संरक्षक, धनेश्वर भण्डारीलाई सल्लाहकार, हेमन्त बुढाथोकी र शिवलाल घर्ती मगरलाई कार्यसमिति सदस्यमा मनोनीत गरी सम्मान गरिएको छ।
प्रतिक्रिया