logo

  • ४ चैत्र २०८२, बुधबार | Wed, 18 Mar 2026

  •      Listen Radio Live

    माण्डवी ३ मा जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

    माण्डवी ३ मा जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

    प्युठान । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ ले वडाका जनप्रतिनिधि, सरकारी कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकले अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । वडा कार्यसमितिको बैठक बसिसामुदायिक विद्यालयमा सबैको समान पहुँच सहभागिता गराइ शैक्षिक, भौतिक तथा व्यवस्थापकीय गुणस्तर सुनिश्चित गरि आम नागरिकमा विद्यालय प्रतिको विश्वास अभिवृदिका लागी आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको वडा अध्यक्ष धनेन्द्र कार्कीले बताउनुभयो ।

    वडाले सूचना प्रकाशित गरेर सबैलाई सामुदायिक विद्यालयमा पढाउन आग्रह गरेको छ । निर्णय नमान्ने ब्यक्तीको वडाले प्रदान गर्ने सेवा सुबिधाबाट बन्चित गरिने अध्यक्ष कार्कीले बताउनुभयो ।



    mandavionline mandavionline    
  • ४ बैशाख २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP