logo
  • १२ बैशाख २०८२, शुक्रबार | Fri, 25 Apr 2025

  •      Listen Radio Live

    मल्लरानी खाना महोत्सवमा प्युठान टेलिकमले निःशुल्क सिमकार्ड वितरण गर्ने

    मल्लरानी खाना महोत्सवमा प्युठान टेलिकमले निःशुल्क सिमकार्ड वितरण गर्ने

    रविन विश्वकर्मा, प्युठान ।नेपाल टेलिकम दूरसञ्चार कार्यलय प्युठाने तेस्रो मल्लरानी खाना महोत्सवमा निःशुल्क सिमकार्ड वितरण गर्ने भएको छ । प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रको आयोजनामा भोलि चैत ३१ गतेदेखि वैशाख २ गते सम्म संञ्चालन हुने खाना महोत्सवमा टेलिकमको स्टलबाट प्रिपेड सिमकार्ड निःशुल्क रुपमा वितरण गर्ने भएको हो । आम नागरिकलाई संञ्चारको पहुँचमा पु¥याउने उदेश्य सहित निःशुल्क सिमकार्ड वितरण गर्न लागेको दूरसञ्चार कार्यलय प्युठानका प्रमुख कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

    सिम लिनकै लागि दुर्गम क्षेत्रका उपभोक्ताहरु धेरै पैसा र समय खर्चेर सदरमुकाम खलंगा सम्म आउनु पर्ने समस्यालाई मध्येनजर गदै महोत्सवमै वितरण गर्न लागेकको बताउनुभयो । सिमकार्ड लिन एक प्रती नेपाली नागरीकताको फोटोकपि र एक प्रती पासपोट साइजको फोटो साथमा लिएर आउन आग्रह गरिएको छ ।



    mandavionline mandavionline    
  • ३० चैत्र २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP