logo
  • १२ बैशाख २०८२, शुक्रबार | Fri, 25 Apr 2025

  •      Listen Radio Live

    ऐरावतीमा कक्षा ८ को ग्रेडवृद्धि (पुरक) परीक्षा स्थगित

    ऐरावतीमा कक्षा ८ को ग्रेडवृद्धि (पुरक) परीक्षा स्थगित

    रविन विश्वकर्मा, प्युठान । ऐरावती गाउँपालिकामा कक्षा ८ को ग्रेडवृद्धि (पुरक) परीक्षा स्थगित गरिएको छ । भोलि चैत देखि २६ देखि २८ गते सम्म ३ दिन संचालन हुने गरि तय गरिएको गाउंपालिका स्तरीय कक्षा ८ को ग्रेडवृद्धि पुरक परीक्षा अर्को सूचना तथा परीक्षा समय तालिका प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको गाउँपालिकाले जनाएको छ । नेपाल शिक्षक महासङ्घले आजदेखि शैक्षिक हडतालको घोषणा गरी देशभरका शिक्षक र कर्मचारीलाई विद्यालय बन्द गरेर आन्दोलन सफल बनाउन अपिल गरेसंगै गाउँपालिकामा पुरक परीक्षा स्थगित गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख यम प्रसाद शर्मा पाण्डेले बताउनुभयो ।

    शैक्षिक हडतालको अवधिमा उत्तरपुस्तिका परीक्षण, नजिता प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुन महासङ्घले अपिल गरेको छ । शिक्षकहरुको हडतालका कारण विद्यालय भर्ना, ग्रेडवृद्धि पुरक परीक्षा, अभियान र एसईईको नतिजा प्रकाशन तयारी प्रभावित बन्ने जोखिम छ । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडाँैको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् । काठमाण्डौ केन्द्रित सडक आन्दोलन गरिरहेका शिक्षकहरुले आज कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेर चैत २० गते बुधवारदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् । शिक्षकहरुले हिजो सिठी बजार तथा अस्ति शनिवार सडकमा सुतेर प्रदर्शन गरेका थिए । प्रदर्शनलाई सरकारले वेवास्ता गरेपछि शिक्षक महासङ्घले आजदेखि शैक्षिक हडतालको घोषणा गरेको हो ।

    सरकारले वार्ताका लागि बोलाए पनि महासङ्घले अस्वीकार गर्दै आएको छ । ऐन जारी हुने अवस्था नबनेसम्म वार्तामा नजाने महासङ्घको अडान छ । सरकारसँग २०८० सालको असोजमै सहमति भइसकेकोले त्यही सहमति अनुसार ऐन जारी हुनुपर्ने शिक्षक महासङ्घलका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो । यसबेला विद्यालयमा पढाई भने चलेको छैन । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु दोस्रो पटक काठमाण्डौ आएका हुन् । यसअघि २०८० असोजमा तीन दिन प्रदर्शन गरेपछि सरकारसँग सहमति गरेर विद्यालय फर्केका थिए । तर विधेयक पारित गर्न ढिलाइ भएकोले फेरी आन्दोलनमा आउनुपरेको महासङ्घका अध्यक्ष सुवेदीले बताउनुभयो ।



    mandavionline mandavionline    
  • २५ चैत्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP