रविन विश्वकर्मा,प्युठान ।सरुमारानी गाउँपालिका २, दर्भानमा शैलुन व्यवसाय सम्बन्धी सीप विकास तालिम सुरु गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत एक महिने सीप विकास तालिम आजदेखि सुरु गरिएको हो ।
सरुमारानी पालिकाका उपाध्यक्ष बसन्ता खड्काले तालिमको उद्घाटन गदै सक्रियताका साथ तालिममा सहभागि भई सिप आर्जन गर्न आग्रह गर्नुभयो । बेरोजगार ब्यक्तिहरुलाई लक्षित गदै आयोजगा गरिएको तालिमले स्वरोजगार बन्नका सहयोग पुग्ने बताउनुभयो । तालिममा महिला पुरुष गरी १६ जनाको सहभागीता रहेको छ । तालिममा रोल्पाको लिवाङ नगरपालिका–२ की सुनिता अधिकारी प्रशिक्षकको रूपमा रहनु भएको छ ।
स्थानीय बेरोजगार युवालाई तालिममार्फ सिप प्रदान गरी स्वरोजगार बनाउने लक्ष्यका साथ तालिम संञ्चालन गरेको घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका निमित्त प्रमुख मनि बहादुर गुरुङ्गले बताउनुभयो । सहभागिहरुको क्षमता विकासका लागि कार्यालयले आगामी दिनहरुमा एडभान्स् तालिमहरु समेत संञ्चालन गरि सहयोग गर्ने बताउनुभयो ।
प्रतिक्रिया