प्यूठान उद्योग बाणिज्य संघको नयाँ नेतृत्व सर्वसहमत चयन भएको छ । आज भएको मनोनयनका क्रममा सबै पदमा एकल उमेदवारी परेपछि सन्देश आचार्यको नेतृत्वमा सर्वसहमत नयाँ कार्यसमिती चयन भएको हो । नयाँ कार्यसमतीको बरिष्ठ उपाध्यक्षमा कृष्णभक्त गिरी, वाणिज्य उपाध्यक्षमा रामचन्द्र पौडेल, उद्योग उपाध्यक्ष गोविन्द कार्कि, महासचिव झबिन्द्र शर्मा, उपमहासचि पशुपति श्रेष्ठ र कोषाध्यक्षमा कुमार श्रेष्ठ सर्वसहमत चयन भएको मुख्य निर्वाचन अिधकृत रामेस्वर सुबेदिले जानकारी दिनुभयो ।
संघको ९ वटै इलाकामा पनि नयाँ कार्यसमिती सर्वसहमत चएन भएर आइसकेको छ ।
प्रतिक्रिया