logo
  • २६ फाल्गुन २०८१, सोमबार | Mon, 10 Mar 2025

  •      Listen Radio Live

    प्युठानका ४ स्थानिय तहमा भोलि विद्युत आपूर्ति अवरुद्ध हुने

    प्युठानका ४ स्थानिय तहमा भोलि विद्युत आपूर्ति अवरुद्ध हुने

    रविन विश्वकर्मा,प्युठान । प्युठानका ४ स्थानिय तहमा भोलि  विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । प्यूठान वितरण केन्द्र अन्तर्गतका नौबहिनी, झिम्रुक, गौमुखी गाउँपालिका तथा प्यूठान नगरपालिकामा विहान ११ बजे देखि साँझ ५ बजे सम्म विद्युत आपूर्ति अवरुद्ध रहने नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रले जनाएको छ ।

    नौबहिनी, झिम्रुक, गौमुखी तथा प्यूठान नगरपालिकाको ८,९ १० नंम्बर वडाका विभिन्न स्थानहरूमा नियमित मर्मत एवम् बुस कटिङ लगायतका वितरण प्रणाली सुदृढीकरणका कार्यहरू सञ्चालन हुने भएकाले बाग्दुला देखि मरन्ठाना, मछि, बहाने जाने लाईन नआउने नेपाल विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासले जानकारी दिनुभयो । काम सकाए पछि ५ बजे पछि मात्रै विद्युत आपूर्ति सेवा संञ्चालन हुने बताउनुभयो । साथै कुनै स्थानमा रुख वा रुखका हाँगाले विद्युतिय संरचनामा छोएको देखिएमा तुरुन्त जानकारी गराउन वितरण केन्द्रले आग्रह समेत गरेको छ ।



    mandavionline mandavionline    
  • २३ फाल्गुन २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP