रविन विश्वकर्मा, प्युठान । मल्लरानी गाउँपालिकाले संञ्चालन गरेको निःशुल्क आँखा शिविरमा १ सय ८६ जनाले सेवा लिएका छन् । आइतबार मल्लरानी गाउँपालिका ४ खलंगा प्राथमिक स्वास्थ्य केन्द्रमा भएको शिविरमा १०६ जना महिला र ८० जना पुरुषले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले जानकारी दिनुभयो । आँखाका समस्या भएका ४० जानालाई निःशुल्क चस्मा तथा आँखाको अवस्था अनुसार आवश्यक औषधि वितरण गरिएको बताउनुभयो ।
शिविरबाट ८ जना मोतिबिन्दुको अप्रेशन गनुपर्ने आँखाका विरामि पहिचान भएको स्वास्थ्य शाखा प्रमुख शाहीले जानकारी दिनुभयो । अप्रेशन गनुपर्ने अवस्थाका विरामीहरुलाई नरेन्द्र गायत्री आँखा अस्पताल, विजुवार प्युठानसंग समन्वय गरी फागुन २२ गते अस्पतालमा हुने शिविरमा निःशुल्क रुपमै बिरामीहरुको शल्यक्रिया गरी उपचार गरिने उहाँले बताउनुभयो ।
बिहान साढे १० बजे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको आँखा परीक्षण गरि सुरु गरिएको शिविरि दिउँसो साढे ४ बजे सम्म संञ्चालन गरिएको थियो ।
पालिकाभित्रका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन निशुल्क शिविर संञ्चालन गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले बताउनुभयो । स्वास्थ्य अत्यन्तै संवेदनशिल बिषय भएकाले गाउँपालिकाले विभिन्न निकायसँगको सहकार्यमा समय समयमा विभिन्न रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको बताउनुभयो । आफ्नै टोल तथा छरछिमेकमा हुने यस्ता शिविरले विशेषज्ञ सेवा लिन धेरै समय तथा पैसा खर्च गरेर विजुवार तथा अन्य बाहिरी जिल्ला धाउनुपर्ने अवस्थाको अन्त्य गरेको बताउनुभयो । अध्यक्ष खड्काले स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याउन प्रभावकारी ढङ्गबाट काम गरिरहेको बताउनुभयो ।
मल्लरानी गाउँपालिकाको आयोजना तथा नेत्रज्योती संघ,प्यूठानको समन्वय एव्म नरेन्द्र गायत्री (प्रस्तावित) आँखा अस्पताल जिुवारको प्राबिधिक सहयोगमा १ दिने आँखाको स्क्रिनिङ्ग शिविर सम्पन्न गरिएको हो ।
प्रतिक्रिया