अम्बिका माध्यमिक विद्यालय फोप्लिमा स्थापना भएको सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । नौबहिनी गाउपालिका अध्यक्ष दिल बहादुर थापाले सरस्वती पुजाको अवसर पारी आज एक कार्यक्रमका बिच मन्दिरको उद्घाटन गरेका हुन । विद्यालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष एवम समाजसेवी बुद्दिराम भण्डारीको सम्झनामा परिवारको तर्फबाट निर्माण भएको सरस्वति मन्दिरको उद्घाटन गर्दै अध्यक्ष थापाले हाम्रो मौलिक सस्कार सस्कृति हराइरहेको अबस्थामा यसरी सामाजिक ब्यक्तित्वको सम्झनामा यस्ता सामाजिक कामले सामाजिक एकतामा महत्त्वपूर्ण योग्दान पुर्याउने बताएका छन । थापाले सामाजिक भावना हराउदै गएको अबस्थामा हाम्रा बालबालिका लाई गलत बिचारबाटा टाढा राख्न अभिभावकहरु सचेत हुनुपर्ने बताएका छन । गाउपालिकाले शिक्षा सुधारका लागि सुक्ष्म रुपमा अध्ययन गरि आगामि बर्ष विशेष कार्यक्रम गर्ने बताएका छन ।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य तारा बिकले विद्यालयको बिकासका लागि भण्डारी परिवारले गरेको योग्दान महत्त्वपूर्ण रहेको बताएकि छन । कार्यक्रममा पत्रकार महासघ प्युठानका अध्यक्ष श्रीराम भण्डारीले समाजमा सकारात्मक बिकासका लागि निजि लगानिमा सरस्वति मन्दिर निर्माण गरि बालबालिकामा भावनात्मक रुपमा सिकाइ बिकास गर्न सहयोग मिल्ने बताएका छन ।
२०१७ सालमा स्थापना भएको विद्यालयमा पहिलोपटक जेहन्दार अनुशासित बालबालिकालाई पुरस्कृत गर्ने गरि बुद्धिराम भण्डारीका जेष्ठ छोरा दुर्ग प्रसाद भण्डारीले ५० हजारको अक्षकोष स्थापनाको घोषणा गर्नु भएको छ । त्यस्तै शिक्षा क्षत्रमा आफ्ना ८० बर्षिय बुबा नुमाराम सुबेदिले पुर्याएको योग्दानको जिवन्तताका लागि रोज डायनामिक इङ्लिस बोर्डिङका प्रिन्सिपल गोबिन्द सुबेदिले पनि ५० हजारको अक्षकोष स्थापनाका लागि घोषणा गर्नु भएको छ । बुबाको सम्झनामा छोराहरु दुर्गप्रसाद भण्डारी , भेषराज भण्डारी र मेगराज भण्डारीले करिब ३ लाखको लगानीमा सरस्वतिको प्रतिमा सहितको मन्दिर निर्माण गरि विद्यालयलाइ हस्तान्तरण गरेका छन ।
प्रतिक्रिया