logo

  • २२ माघ २०८२, बुधबार | Wed, 04 Feb 2026

  •      Listen Radio Live

    जसले चार सय मुरी धान फलाए

    जसले चार सय मुरी धान फलाए

    गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन्। स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाउनु भएको हो । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुनुहुन्छ । हालसम्म उहाले तीन सय मुरी धान खेतबाट उठाइसकेको र अझै सय मुरी उठाउन बाँकी रहेको जानकारी दिनुभयो ।
    अर्यालले हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाउनु भएको र २५ रोपनीको करिब एक सय मुरी धान उठाउन बाँकी रहेको बताउनु भयो । धान काटेर सुकाउन राखेको र अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी रहेको अर्यालले सुनाउनु भयो ।
    उहाले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर धानखेती गरिरहनु भएको छ । यसरी उत्पादन गरिएको धानबाट चामल बनाउने र प्याकेजिङ गरेर बेच्ने उहाको योजना छ । उहासंग हाल २१ वटा माउ भैँसी, एउटा ठूलो राँगो र १४ वटा पाडापाडी छन्।



    mandavionline mandavionline    
  • ५ मंसिर २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP