पदम सुबेदी । मल्लरानी गाउँपालिकाले ठुलाचौरमा अतिक्रमि सार्वजनिक जग्गा खाली गर्न गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाको वडा नं. १ ठुलाचौरमा रहेको चौरमा निर्माण गरिएका संरचना खाली गर्न गाउँपालिकाले आग्रह गरेको हो ।
गाउँपालिकाको वडा नं. १ ठुलाचौरमा रहेको कित्ता नं १२४ को ३८ रोपनी, ५ आना, २ पैसा ३ दाम बराबरको सरकारी गौचरन जग्गामा निर्माण गरिएका संरचना तत्काल हटाउन गाउँपालिकाले सुचना जारी गरेको छ ।
गाउँपालिकाले साउन ४ गते नै सुचना जारी गरी अतिक्रमित संरचना तत्काल हटाइ सहयोग गर्न आग्रह गरेको छ ।
गाउँपालिकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौले असार २५ गते अतिक्रमित संरचना हटाउन पत्राचार गरेको थियो ।
प्रतिक्रिया