logo

  • ६ असार २०८२, शुक्रबार | Fri, 20 Jun 2025

  •      Listen Radio Live

    ‘युक्रेनका वारेमा अमेरिका-रुस वार्ता ‘उपयोगी’ हुन सक्छ’

    ‘युक्रेनका वारेमा अमेरिका-रुस वार्ता ‘उपयोगी’ हुन सक्छ’

    मस्को । एक रुसी वार्ताकारले मङ्गलबार मस्कोले युक्रेन द्वन्द्व विषयमा संयुक्त राज्य अमेरिकासँग ‘उपयोगी’ वार्ता जारी राख्ने र संयुक्त राष्ट्रसङ्घ तथा अन्य देशलाई समेत संलग्न गराउने लक्ष्य राख्ने बताएका छन् ।

    “हामीले सबै कुराबारे कुरा गर्‍यौँ, यो एक तीव्र संवाद थियो, सजिलो थिएन, तर हामी र अमेरिकीहरूका लागि धेरै उपयोगी थियो”, सरकारी समाचार संस्था तासलाई ग्रिगोरी करासिनले ‘धेरै समस्या छलफल गरिएको छ’ भन्दै बताउनुभयो ।

    ग्रिगोरी करासिनले भन्नुभयो, “निश्चय नै हामी सबै कुरा समाधान गर्नबाट टाढा छौँ, सबै बुँदामा सहमत हुनबाट टाढा छौँ, तर लाग्छ कि यस प्रकारको छलफल धेरै समयोचित छ ।” अन्तर्राष्ट्रिय समुदायलाई समावेश गर्दै, मुख्य रूपमा संयुक्त राष्ट्र र केही देशहरूलाई समावेश गर्दै यसलाई जारी राख्ने उहाँको भनाइ छ । साउदी अरबको एक विलासी होटलमा अमेरिकी र रुसी टोलीले १२ घण्टा वार्ता गरेको एक दिनपछि उहाँले यस्तो बताउनुभएको हो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षको युद्धको द्रुत अन्त्यका लागि दबाब दिइरहनुभएको छ र साउदी राजधानीमा पछिल्लो चरणको वार्ताले सफलताका लागि मार्ग प्रशस्त गर्ने आशा गर्नुभएको छ ।

    यसअघि तासले एक स्रोतलाई उद्धृत गर्दै वार्ताको संयुक्त वक्तव्य मङ्गलबार प्रकाशित हुने बताएको थियो । सुस्पिलेन समाचारलाई एक स्रोतले बताएअनुसार युक्रेनी वार्ता टोली अर्को दिनसम्म रियादमा बस्नेछ र अमेरिकी प्रतिनिधिहरूसँग भेट गर्ने भनिएको छ । अर्को स्रोतले एएफपीलाई दोस्रो भेट हुने सम्भावना बताएको छ-जुन प्रगति भएको सङ्केत हो । रासस/एएफपी



    mandavionline mandavionline    
  • १३ चैत्र २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP