logo

  • ३० श्रावण २०८३, शनिबार | Sat, 15 Aug 2026

  •      Listen Radio Live

    गौमुखीमा २१ वर्षीया महिला मृत अवस्थामा फेला

    गौमुखीमा २१ वर्षीया महिला मृत अवस्थामा फेला

    प्युठान, साउन २८। प्युठानको गौमुखी गाउँपालिका–६ लिबाङ बरौलीमा एक २१ वर्षीया महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्।

     

    स्थानीयवासीले दिएको सूचनाका आधारमा नरेश पुनकी श्रीमती मनिषा मिसेल बुढा घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

     

    घटनाबारे बिहान करिब ८ बजे इलाका प्रहरी कार्यालय पुजालिबासेलाई जानकारी प्राप्त भएको थियो। सूचना पाएलगत्तै प्रहरी सहायक निरीक्षक मिनबहादुर सेनको नेतृत्वमा दुई सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।

    घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुङबहानेबाट प्रहरी निरीक्षक रामनारायण गुप्ताको नेतृत्वमा SOCO सहित पाँच सदस्यीय टोलीसमेत घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।

    घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आत्महत्यासम्बन्धी घटनामा प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ।



    mandavionline mandavionline    
  • २८ श्रावण २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP