औद्योगिक व्रवद्धन कार्यक्रम अन्र्तगत ३ महिने नेपाली कागज बनाउने तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको आयोजनामा प्यूठान नगरपालिका १० बड्रामा संचालन भएको तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको हो ।
समापन कार्यक्रममा बोल्दै प्यूठान नगरपालिका १० का वडा अध्यक्ष लोक बहादुर केसीले सिपले ब्यक्तिलाई आत्मनिर्भर हुन मद्धत गर्ने भएकाले स्थानिय स्तरमा संचालन हुने यस्ता सिपमुलक कार्यक्रममा सरिक हुन सबैलाई आग्रह गर्नुभयो । स्थानिय तहहरु, वडा कार्यालय लगाएतको सहयोगमा सिलाइकटाइ, बुटिक लगाएतका सिपमुलक कार्यक्रम संचालन गर्ने गरिएको जानकारी दिदै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका वडा अध्यक्ष केसीले नेपाली कागज बनाउने तालिमले रोजगारी शृजनामा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
प्रदेश सरकारले सिपमुलक जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउने लक्ष्य राखेको बताउदै घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख लोकराज थापाले सिकेको सिपलाई आआर्जनसंग जोडन आग्रह गर्नुभयो । सिप बिकासका कार्यक्रम संचालन हुने तर ब्यवहारिक प्रयाग कम हुने गरेको बताउदै प्रमुख थापाले नेपाली कागज बनाउने उद्योग जिल्लामा अझै खुल्न आबश्यक रहेको बताउनु भयो ।
तालिममा १५ जनाको सहभागीता रहेको थियो ।
प्रतिक्रिया