logo

  • ३ असार २०८२, मंगलवार | Tue, 17 Jun 2025

  •      Listen Radio Live

    सुरु भयो गौमुखी भ्रमण बर्ष -२०८२

    सुरु भयो गौमुखी भ्रमण बर्ष -२०८२

    गौमुखी भ्रमण बर्ष -२०८२ को एक कार्यक्रमका बिच शुभारम्भ भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले औपचारीक रुपमा गौमुखी भ्रमण बर्ष -२०८२ को सुभारम्भ गर्नुभएको हो । शनिवार गौमुखी गाउँपालिकाको शभाहलमा भएको कार्यक्रममा मन्त्री पाण्डेले डिजिटल ब्यानरको उद्घाटन गरेसंगै गौमुखी भ्रमण बर्षको सुभारम्भ भएको हो ।
    शुभारम्भ कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री पाण्डेले गौमुखी गाउँपालिका पर्यटकिय सम्भावना बोकेको पालिका भएकाले पर्यटनका माध्यमबाट पनि गाउँपालिकामा समृद्धी ल्याउन सकिने बताउनु भयो । स्वर्गद्धारी आउने भारतिय भक्तजनलाइमात्रै भएपनि गौमुखी ल्याउन सकेमात्रै पनि यस क्षेत्रको पर्यटन बिकासमा ठुलो फड्को मार्न सकिने बताउनु भयो । ‘स्वर्गद्धारी, गौमुखी, सुपादेउराली र लुम्वीनीलाइ जोडेर पर्यटन बिकास गर्न सकिन्छ,’ मन्त्री पाण्डेले भन्नभयो,‘तिनै तहका सरकारले बनाउने पर्यटन सम्वन्धी योजनामा यि क्षेत्र एक आपसमा जोडिनुपर्छ ।’

    गौमुखी गाउँपालिकामा मात्रै नभएर यससंग जोडिएका अन्य स्थानिय तहहरुमा पनि प्रसस्त पर्यटकिय सम्भावना भएका क्षेत्रहरु भएकाले छिमेकी पालिकार छिमेकी जिल्लाहरुसंग समन्वय, शहकार्य गरेर अघि बढ्न सके पर्यटक ल्याउन सकिने मन्त्री पाण्डेले बताउनु भयो ।

    झिमरुक नदिको उदगम स्थान गौमुखी, लुम्वीनी प्रदेशकै अग्लो झरना बाइसमुल झरना, झाक्रिढुंगा,रानीताल, जस्ता धार्मिक तथा पर्यटकिय स्थलहरु गौमुखी गाउँपालिकामा रहेको भन्दै गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरीले गौमुखी गाउँपालिकालाइ पर्यटनका माध्यमबाट समृद्ध बनाउने योजना सपहत भ्रमण बर्षको सुभारम्भ गरिएको बताउनु भयो । ‘गौमुखीको संस्कृती, परम्परा, प्राकृतिक सुन्दरता, स्थानिय जीवनशैलीलाइ पर्यटकसामु बेच्न सक्नुपर्छ,’उहाले भन्नुभयो,‘तबमात्रै गौमुखीको बिकास सम्भव छ ।’

    यस्तै कार्यक्रमम बोल्दै झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले स्थानिय तहहरुले सिमित श्रोत साधनका बाबजुत पनि धेरै क्षेत्रमा काम गर्नुपर्ने बाध्यता रहेको सुनाउनु भयो । झिमरुक गाउँपालिकाले कृषि, पर्यटन, पुर्वाधार, झिमरुक गाउँपालिकाको समृद्धीको आधार नारानै बनाएर अघि बढेको अवस्थामा संघिय सरकार, प्रदेश सरकारले प्रयाप्त बजेटको ब्यवस्था नगर्दा चाहे अनुसारको काम गर्न नसकेको बताउनु भयो । ‘एउटा संघिय मन्त्रालयको बजेट दुई खर्बभन्दा बढि छ, ७५३ स्थानिय तहको बजेट जोडेपनि दुइखर्ब पुग्दैन्,’उहाले भन्नुभयो,‘जनताको समस्या, आबश्यकता औल्याउने स्थानिय तहमा बजेट, कर्मचारीको जहिल्यै समस्या हुने गरेको छ ।’ झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिका एक आपसमा जोडिएको पालिका भएकाले दुबै पालिकाले पर्यटन बिकासका लागी शहकार्य र समन्वय गरी काम गर्न आबश्यक रहेको बताउनु भयो । शसर्त, बिशेष अनुदान जस्ता योजनाका कारण संघिय सरकारले ठुलो बजेट माथीनै रोकेर राख्दा संघियताको मर्म अनुसार अधिकारको बाडफाँड र बित्तिय संघियता हस्तान्तरण हुन नसकेको बताउनु भयो ।

    स्वर्गद्धारी, बाग्लुंगको ढोरपाटन, मुक्तिनाथ, जस्ता धार्मिक क्षेत्रलाइ एक आपसमा जोडन सके पर्यटकको आवागमनमा बृद्धि गर्न सकिने सम्भावना रहेको छ । यसका लागी जिल्लाको उत्तर पुर्वी क्षेत्रमा सुविधा सम्पन्न सडकको आबश्यकता रहेको छ ।



    mandavionline mandavionline    
  • १९ जेष्ठ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP