logo

  • ६ असार २०८२, शुक्रबार | Fri, 20 Jun 2025

  •      Listen Radio Live

    बृहत विजुवार साना शहरी खानेपानी संस्थाको नयाँ नेतृत्व, अध्यक्षमा राजभण्डारी सर्बसम्मत चयन

    बृहत विजुवार साना शहरी खानेपानी संस्थाको नयाँ नेतृत्व, अध्यक्षमा राजभण्डारी सर्बसम्मत चयन

    बृहत विजुवार साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ कार्यसमिति चयन भएको छ । सस्थाको २१ औ बार्षिक साधारण शभा तथाआठौ अधिबेशनले अध्यक्ष सर्वसहमत सहित अन्य पदाधिकारिको निर्वाचन प्रकृया मार्फत नया नेतृत्व चयन गरेको हो । संस्थाको अध्यक्षमा बालाजु राजभण्डारी सर्बसम्मत चयन हुनु भएको छ । यस्तै उपाध्यक्षमा तुक बहादुर थापा, सचिब ऋषि राम पन्डित, सह सचिब डिम राज पोख्रेल र कोषाध्यक्षमा सन्तोष श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

    यस्तै सदस्यहरुमा सुर्य चन्द्र खनाल,गोविन्द बहादुर बिष्ट, शिवा सुबेदी, कृष्णा के.सी, इन्द्र बहादुर के.सी र तिर्थ राज पोख्रेल निर्वाचित हुनुभएको हो । अध्यक्ष पद बाहेक अरु सबै पद निर्वाचन प्रक्रियाबाट छनौट गरिएको हो । चैत १७ गते सम्पन्न २१ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट अरु पदमा सहमति हुन नसकेपछि चैत २० गते निर्वाचन प्रक्रिया मार्फत पदाधिकारि र सदश्य गरिएको हो  ।



    mandavionline mandavionline    
  • २१ चैत्र २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP