logo

  • ५ असार २०८२, बिहीबार | Thu, 19 Jun 2025

  •      Listen Radio Live

    पत्रकार रजकको हत्याको बिरोधमा प्युठानमा प्रदर्शन

    पत्रकार रजकको हत्याको बिरोधमा प्युठानमा प्रदर्शन

    प्यूठान ,२०८१ चैत्र १६, शनिबार । राजावादीहरुको प्रदर्शनका क्रममा शुक्रबार काठमाण्डौकाे तिनकुनेमा भएको पत्रकार  सुरेश रजकको हत्याको बिरोधमा जिल्लाका पत्रकारहरुले बिरोध प्रदर्शन गरेका छन । शनिबार बिहान बिजुवार मित्रमणी चोकमा भएको कार्यक्रममा बोल्दै पत्रकारहरुले हत्या र मिडिया माथिको आक्रमणको बिरोध गरेका हुन ।

    राजाबादीको नाममा अराजक समुहले ब्यत्तिगत घरहरुमा आक्रमण गर्ने, लुटपाट मच्चाउनेदेखि पत्रकारलाई जिउदै जलाउने कार्य निन्दनीय रहेको भन्दै उनीहरुले दोषीलाई हदैसम्मको कार्वाहीको माग गरेका छ्न ।

     चैत्र १६ लाई नेपाल पत्रकार महासंघको स्थापना दिवस हर्ष उल्लासका साथ मनाउनु पर्नेमा दु:खदपुर्ण घटनाले सबैलाई शोक पारेको पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले बताए। अानदाेलनकाे बाहानामा  ब्यक्तिगत सम्पति, पत्रकार, संञ्चारकर्मी  तथा संञ्चारगृह माथिकाे हमला

    सिङ्गाे प्रेस जगत, अभिब्यक्ति स्वतन्त्रततामाथिकाे अाक्रमण भएको बताउनुभयो ।  अध्यक्ष भण्डारीले अान्दाेलन, हत्या, हिंसा गरेर मात्रै शासन ब्यवस्था परिवर्तन नहुने बताउनुभयो ।

    पत्रकार रजककाे हत्याको बिषयमा सरकारले सत्य,तथ्य छाविन गरी घटनाको मुख्य दाेषिलाई कडा कार्वाही गर्न माग गर्नुभयो । मृतकका परिवार र संञ्चारगृहका जायज मागहरु तत्काल सम्बाेधन नगरे नेपाल पत्रकार महासंघले न्यायकाे लागि अझै सशक्त भएर लाग्ने बताउनुभयो ।

    पत्रकार र मिडिया माथि राजतन्त्रको समयम पनि हेर्ने दृष्टिकोण सहि थिएन, अहिले पनि निसानामा पर्नु लोकतन्त्रको न्युनतम मुल्यमान्यताका बिरुद्धको आक्रमण रहेको महासंघका पुर्व अध्यक्ष संजय रिजालले बताए । राजावादीकाे अान्दोलनका  क्रममा भएका मृत्यु,अागजनि,ताेडफाेड लगायतका उच्छृङ्खल गतिविधिले देश र प्रेस जगतमाथि थप त्रास पैदा गरेकाे बताउनुभयाे । सरकारले नागरिकको जिउधकाे सुरक्षा गर्न नसकेकाे उल्लेख गर्दै अभिब्यक्ति स्वतन्त्रताको रक्षा गर्नु सम्पुर्ण राजनीति दलकाे जिम्मेवारी भएको बताउनुभयो ।

    बिरोध सभामा प्रेस चौतारीका उपाध्यक्ष राम बहादुर बिश्वकर्मा, प्रेस युनियनका अध्यक्ष मधुसुदन भण्डारी, प्रगतिशील पत्रकार संघका अध्यक्ष प्रज्ज्वल पहाडीले शोक मन्तब्य राखेका थियो ।

     



    mandavionline mandavionline    
  • १६ चैत्र २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP