logo

  • २७ जेष्ठ २०८३, बुधबार | Wed, 10 Jun 2026

  •      Listen Radio Live

    महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा

    महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा

    चितवन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनका विषयमा पार्टीका नेतासँग भेट्ने र संवाद गर्ने काम भइरहेको बताउनुभएको छ ।

    आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले पार्टी उपसभापति विश्वप्रकाश शर्माले नेताहरूसँग कुराकानी गरिरहनुभएको जानकारी दिनुभयो ।

    संस्थापनइतर समूहका नेता पूर्णबहादुर खड्कालाई भेट नदिनुभएको हो ? भन्ने प्रश्नमा उहाँले पार्टीका नेतासँग भेट्ने, संवाद गर्ने काम आफू र अन्य साथीले गरिरहनुभएको छ भन्नुभयो ।

    पार्टी सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको बताउँदै, १४औँ महाधिवेशनको भन्दा धेरै क्रियाशील सदस्यता हुने दाबी गर्नुभयो । सभापति थापाले पार्टी कुनै हालतमा विभाजन नहुने बताउनुभयो ।



    mandavionline mandavionline    
  • २७ जेष्ठ २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP