logo

  • २६ असार २०८२, बिहीबार | Thu, 10 Jul 2025

  •      Listen Radio Live

    बाल सुधार गृहका बालवालिकालाई सकारात्मक सोच सम्वन्धी तालिम

    बाल सुधार गृहका बालवालिकालाई सकारात्मक सोच सम्वन्धी तालिम

    लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीको पहलमा लुम्बिनी प्रदेशका विभिन्न बाल सुधार गृहमा रहेका करिब ५०० कानुनी विवादमा परेका बालबालिकालाई पुस्तक वितरण तथा सकारात्मक सोचसम्बन्धी तालिम प्रदान गरिएको छ।

    रुपन्देहीको बाल सुधार गृहमा आयोजित कार्यक्रममा बाल सुधार गृह रुपन्देहीका १०४ जना, जयन्दु बाल सुधार गृह बाकेका १९६ जना, र नौबस्ता बाल सुधार गृहका १६८ जना बालबालिकालाइ सकारात्मक सोच र जीवन परिवर्तनको आधारभूत सूत्रहरूबारे प्रशिक्षण दिइएको हो ।

    बालबालिकालाई सकारात्मक सोच र जीवन परिवर्तनको आधारभूत सूत्रहरूबारे प्रशिक्षण दिदै प्रदेश शभा सदश्य गिरीले जिवनको खराब समय चलेको बेला कानुनी बिबादमा परेपनि सधैभरी खराव समय नचल्ने भएकाले सुधारगृहको बसाई जीवनउपयोगी बनाउनतिर लाग्न प्रेरित गर्नुभयो । यहाँको बसाईलाई जिवन उपयोगी समयमा बदल्नुस, आफ्नो मुद्दा  हेरेको वकिल कुन हो, मुद्दा कहाँ पुगेको छ, त्यसको बिषयमा चासो राख्नुस । सांसद गिरीले सबैको जिवनमा एक समय उज्यालो संगै अँध्यारो पनि आउने भएकाले धैर्य भएर काम गर्न सुझाउनु भयो ।

    सांसद गिरीकै पहलमा लुम्बिनी प्रदेशका तीन वटा बाल सुधार गृहमा बाल पुस्तकालय स्थापना भइसकेको छ। पुस्तकालय स्थापना र तालिममार्फत सुधार गृहमा रहेका बालबालिकाको मनोबल अभिवृद्धि हुने सांसद गिरीले बताउनु भयो ।

    कार्यक्रममा सहभागी बालबालिकाले पुस्तक पढ्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्। सकारात्मक सोचको तालिमले आफूहरूमा जीवनप्रति नयाँ आशा जागेको उनीहरूको भनाइ थियो।

    लुम्बिनी प्रदेशले आउदो बजेटमा सुधार गृह तथा कारागारमा रहेका ब्यक्तिहरुलाई मागमा आधारित तालिम सन्चालन गर्ने गरि बजेट बिनियोजन समेत गरेको छ ।



    mandavionline mandavionline    
  • २१ असार २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP