logo

  • ६ असार २०८२, शुक्रबार | Fri, 20 Jun 2025

  •      Listen Radio Live

    लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन सुरू

    लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन सुरू

    लुम्बिनी । लुम्बिनी प्रदेशसभाको छैटौंँ अधिवेशन आजबाट सुरू भएको छ । आजबाट सुरू भएको प्रदेशसभा अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सुनाउनु भएको थियो । प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले वर्तमान सरकारले समयमा अधिवेशन आह्वान गरेकाले नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका विषयमा छलफल गर्न पर्याप्त समय भएको बताउनुभयो ।

    उहाँले अधिवेशनलाई अवसरको रूपमा लिनुपर्ने बताउँदै सरकार पुँजीगत खर्चमा ध्यान दिँदै अघि बढेको उल्लेख गर्नुभयो । प्रदेश सरकारले आर्थिक स्रोतको परिचालनमा दृढता देखाएको र नीति तथा कार्यक्रमलाई साझा बनाउँदै अघि बढेको उहाँको भनाइ छ ।

    नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक जमुना ढकालले यथार्थफरक बजेट ल्याउन सुझाव दिनुभयो । चालु वर्षमा घाटाको बजेट देखिएकाले वास्तविक अवस्था झल्किने बजेट ल्याउन उहाँले आग्रह गर्नुभयो । माओवादी केन्द्रका प्रदेशसभा सदस्य इन्द्रजित थारूले नीति तथा कार्यक्रम र बजेटबीच तालमेल हुनुपर्ने धारणा राख्नुभयो ।

    प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले सरकारले ल्याउने नीति तथा कार्यक्रममा प्राथमिकता स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । निर्वाचन क्षेत्रमा विनियोजत बजेट खर्च नहुँदा फ्रिज हुने अवस्था आएको उल्लेख गर्दै उहाँले नीति तथा कार्यक्रम सबैलाई अपनत्व हुने गरी तयार गर्न सुझाव दिनुभयो ।

    प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठले लुम्बिनी प्रदेशको समग्र विकासमा प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रदेशसभाको आगामी बैठक भोलि जेठ १ गते बिहीबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक सम्पन्न भएको सभामुख घर्तीमगरले जानकारी दिनुभयो ।



    mandavionline mandavionline    
  • १ जेष्ठ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP