logo

  • १८ माघ २०८२, शनिबार | Sat, 31 Jan 2026

  •      Listen Radio Live

    बन्यजन्तुबाट बालि संरक्षण गरि कृषकलाई राहत देउ

    बन्यजन्तुबाट बालि संरक्षण गरि कृषकलाई राहत देउ

    श्रीराम भण्डारी

    नेपाल कृषिप्रधान देश हो,यहाका धेरैजसो नागरिकको जीवनयापन कृषि उत्पादनमा निर्भर गर्दछ। तर पछिल्ला केही समययता प्युठानमा किसानहरुले बन्यजन्तुबाट बालिमा व्यापक क्षति बेहोर्नुपरेको छ। गाउबस्तीहरूमा बाँदर, बँदेल, दुम्सिलगायतका बन्यजन्तुहरू खेतबारीमा पसेर पाक्दै गरेको अन्नबाली नष्ट गर्ने गरेका छन्। यसले कृषकको श्रम र लगानी दुबैमा घाटा पुर्‍याएको छ ।

    बन्यजन्तुका कारण मकै,धान , कोदो, गहुँजस्ता मुख्य खाद्यान्नबालीमा क्षति हुने गरेको छ। बाँदरले फसल टिपेर फाल्ने, बँदेलले उखेलेर खाने बोटबिरुवा नै कुल्चिने जस्ता गतिविधिले उत्पादनमा प्रत्यक्ष असर पुगेको छ । बन्यजन्तु बाट हुने क्षतिका कारण कतिपय किसानले खेती गर्न छाडेका उदाहरणसमेत देखिन्छ।

    प्युठानका सबै स्थानिय तहमा धेरै किसानका खेतबारिमा रोपिएका खेतिबारिमा बन्यजन्तु प्रबेशगरि लगाएका खेतिबालि मा खानेमात्र होइन नस्टसमेत गर्ने गरेको छ ।

    नियन्त्रणका लागि स्थानिय स्तरमा आम नागरिकले काहीँ बिधुतिय पासो थाप्ने गरेका छन भने काहीँ रातभर जाग्राम बसि बालि संरक्षणका लागि रातभर जाग्राम बस्ने गरेकाछन । बालि सुरक्षाका लागि थापिएका पासोमा परि काहिकतै नागरिकले ज्यान समेत गुमाउनु परेको छभने केही त्यहि नागरिक त्यहि कारण कारवास जीवन बिताउन बाध्य भएका छन । यस्ले किसानमा झन निरासा थपेको छ ।

    यसरी चिन्तित बनेका नागरिकहरुमा आसा जगाउने काम गर्नु स्थानिय सरकारको जिम्मेवारी हो कि रु त्यसकारण स्थानिय सरकारले बालि सुरक्षाका लागि केही कार्यक्रम लिनुपर्ने जरुरत छ । नत्र कृषिका क्षत्रमा गरिएको लगानि बालुवामा पानी खन्याए सरह हुन्छ ।

    बन्यजन्तुबाट बालि संरक्षण गर्न विभिन्न उपायहरू अवलम्बन गरिएका छन्, जसमध्ये केहि उपायहरू सुझाउन सकिन्छ ।

    जाली वा तारबार लगाउने – खेत वरिपरि फलामे तार वा कड्के जाली लगाइँदा ठूला जनावर भित्र पस्न सक्दैनन्।

    विद्युतिय घेराबार – सौर्य ऊर्जाबाट सञ्चालित हल्का करेन्ट प्रवाह हुने घेराबार बन्यजन्तुलाई रोक्न प्रभावकारी उपाय हो।

    स्थानिय सुरक्षापालो प्रणाली – गाउँले मिलेर रात्रिकालीन पहरा बस्ने वा आवाज निकाल्ने यन्त्र प्रयोग गर्ने अभ्यास पनि उपयोगी हुन्छ।

    अनुदान तथा बीमा कार्यक्रम – सरकारले बन्यजन्तु क्षति न्यूनीकरणका लागि बीमा तथा राहत कार्यक्रम ल्याउनुपर्छ।

    जङ्गल संरक्षण र व्यवस्थापन – बन्यजन्तुको आहार र बासस्थान जङ्गलमै सुनिश्चित गरिएमा तिनीहरू बस्तीमा झर्ने सम्भावना कम हुन्छ।

    तसर्थ बन्यजन्तु र मानवबीचको द्वन्द्व समाधान गर्न दीर्घकालीन योजना आवश्यक छ। एकातर्फ बन्यजन्तुको संरक्षण जरुरी छ भने अर्कोतर्फ कृषकको जीविकोपार्जन पनि सुरक्षित हुनुपर्छ। त्यसैले दुवै पक्षलाई सन्तुलनमा राख्दै व्यवहारिक र प्रविधिमैत्री उपायमार्फत बालि संरक्षण गर्न सके मात्र कृषिमा आत्मनिर्भरता सम्भव छ।



    mandavionline mandavionline    
  • १९ श्रावण २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP