logo

  • २८ बैशाख २०८२, आईतवार | Sun, 11 May 2025

  •      Listen Radio Live

    मेसिनले रोप्यो धान

    मेसिनले रोप्यो धान

    प्यूठानमा पहिलो पटक धान रोपाइमा मेसिनको प्रयोग गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाइ प्यूठानले प्यूठान नगरपालिका मरन्ठानामा चैते धान रोप्न मेसिनको प्रयोग गरेको हो । बुधबार प्यूठान नगरपालिका ९ मरन्ठानाका स्थानीय शिब बहादुर केसीको खेतमा मेसिनबाट धान रोपेर परीक्षण गरिएको हो । जिल्लामा पहिलो पटक सानो आकारको मेसिन प्रयोग गरि धान रोपाइ गरिएको र उक्त काम सफलता पुर्वक सम्पन्न भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वय इकाइ प्यूठानका प्रमुख चुमान शिहं गिरीले बताउनुभयो ।

    परम्परागत रुपमा गरिदै आएको धान खेतीलाई आधुनिकिकरणसंग जोडी बढ्दो मानवीय श्रम लागतलाई कम गदै समयको बचत गरी उत्पादन वृद्धिमा जोड दिने उद्देश्यका साथ मेसिन प्रयोग गरिएको उहाँंले बताउनुभयो । मरन्ठानमा पहिलो पटक चैते धान रोपाइ मेसिनबाट गरिएको र मेसिनबाट धान रोपाइ सफल भएको प्रमुख गिरीले जानकारी दिनुभयो । मेसिनबाट प्रतिघण्टा ५ रोपनी क्षेत्रफलमा धान रोप्न सकिने कार्यालयले जनाएको छ ।

    कृषि कार्यका लागि जनशक्ति नपाइने अवस्थामा किसानलाइ कृषिमा ब्यवसायीक बनाउन यस्ता आधुनिक कृषि उपकरणको प्रयोगमा जोड दिने गरिएको कार्यालका प्रमुख गिरीले बताउनु भयो । यान्त्रिकरणको प्रयोगले कृषिमा कम लागतमा बढी उव्जनी दिन सक्नेगरी काम भैरहेको कार्यालयले जनाएको छ । किसानलाइ कृषिमा टिकाइराख्न र आत्मनिर्भर बनाउन यन्त्र उपकरण अनुदानमा उपलब्ध गराउने गरिएको कार्यालयका गिरीले बताउनुभयो । मेसिनको प्रयोगबाट आफु जस्तै अन्य कृषकहरूलाई सहज हुने कृषक शिब बहादुर केसीले बताउनुभयो । जिल्लामा ६५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । यस बर्ष ३५ सय रोपनीमा चैते धान खेती गरिने कार्यालयले जनाएको छ ।



    mandavionline mandavionline    
  • १७ बैशाख २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP