बिद्युत सट भएर आगलागी हुदा पाच लाख रुपैया बढिको बराबरको क्षती भएको छ । मल्लरानी गाउँपालिका ४ मल्लरानी डाडामा रहेको नारायण गुरुङको कटेज शोमबार दिउसो बिद्युत सट भएर आगलागी हुदा जलेर नष्ट भएको हो । आगलागीबाट कटेजसंगै अन्य सामान पनि जलेको कटेज संचालक नारायण गुरुङले जानकारी दिनुभयो । दिउसो एक्कासि बिद्युत सट भएर लागेको आगोले कटेजका चारवटा टहरा जलेका हुन् । स्थानिय, नेपाली सेना लगाएतको टोलिले आगो नियन्त्रणमा लिएका छन् ।
प्रतिक्रिया