प्युठान । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ धारापानीमा ट्याक्टरको हलोमा परेर दुई वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय हरिप्रसाद बन्जाडेका छोरा अमस बन्जाडे रहेका छन्। घरअगाडि खेलिरहेका बेला घरनजिकै राखिएको ट्याक्टरको हलोमा परेर बालकको मुखमा चोट लागेको थियो।
घाइते बालकलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनाबारे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी जीवन लामिछानेले जानकारी दिएका छन्।
प्रतिक्रिया