logo

  • १९ आश्विन २०८३, सोमबार | Mon, 05 Oct 2026

  •      Listen Radio Live

    बससँग अटो ठोक्किँदा प्यूठानका दुई जनाको मृत्यु

    बससँग अटो ठोक्किँदा प्यूठानका दुई जनाको मृत्यु

    दाङको देउखुरीमा यात्रुवाहक बससँग अटो ठोक्किँदा प्यूठानको सरुमारानी गाउँपालिकाका दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

    सोमबार लमही नगरपालिका–३ मजगाउँ चोकमा ट्रकलाई उछिनेर अघि बढ्ने क्रममा अटो यात्रुवाहक बससँग ठोक्किएको दाङ प्रहरीले जनाएको छ।

    दुर्घटनामा सरुमारानी गाउँपालिका–५ हातिखालकी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा अटो चालक सरुमारानी गाउँपालिका–५ पाखापानीका जीतबहादुर पल्ली मगर, सोही ठाउँकी सङ्गिता सोमै मगर र नौबहिनी गाउँपालिका–८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन्।



    mandavionline mandavionline    
  • १९ आश्विन २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP