logo

  • १६ आश्विन २०८३, शुक्रबार | Fri, 02 Oct 2026

  •      Listen Radio Live

    माण्डवी गाउँपालिकाद्वारा ट्राफिक प्रहरीलाई कम्प्युटर र प्रिन्टर सहयोग

    माण्डवी गाउँपालिकाद्वारा ट्राफिक प्रहरीलाई कम्प्युटर र प्रिन्टर सहयोग

    प्यूठान । माण्डवी गाउँपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको छ।

    ट्राफिक प्रहरी कार्यालयको कामलाई थप व्यवस्थित तथा प्रविधिमैत्री बनाउन गाउँपालिकाले कम्प्युटर र प्रिन्टर सहयोग गरेको हो। गाउँपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत भुवनकुमार शाही तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रमुख विष्णुप्रसाद न्यौपाने लगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो।

    गाउँपालिकाले उपलब्ध गराएको कम्प्युटर तथा प्रिन्टरले ट्राफिक प्रहरीको दैनिक प्रशासनिक तथा अभिलेख व्यवस्थापनसम्बन्धी काममा सहजता पुग्ने अपेक्षा गरिएको छ।

    सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तह र सुरक्षा निकायबीचको सहकार्य आवश्यक रहेको कार्यक्रममा सहभागीहरूले बताएका थिए। सहयोग सामग्री ग्रहण गर्दै ट्राफिक प्रहरी प्रमुख न्यौपानेले गाउँपालिकाको सहयोगले कार्यालयको कामकाजमा थप सहजता हुने बताए।



    mandavionline mandavionline    
  • १६ आश्विन २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP