logo

  • १४ आश्विन २०८३, बुधबार | Wed, 30 Sep 2026

  •      Listen Radio Live

    प्यूठानबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा १० जना निर्वाचित

    प्यूठानबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा १० जना निर्वाचित

    प्यूठान । नेपाली कांग्रेस प्यूठानको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचनमा १० जना निर्वाचित हुनुभएको छ।

    २०८३ असोज १२ गते उम्मेदवारी दर्ता भएको निर्वाचनमा खुला तर्फ १६ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको थियो। असोज १३ गते भएको मतदानमा ९५७ मत खसेको थियो। मतदानपछि सम्पन्न मतगणनाको अन्तिम परिणाम असोज १४ गते सार्वजनिक गरिएको हो।

    निर्वाचनमा प्रा. डा. गोविन्दराज पोखरेलज्यूले सर्वाधिक ९५० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। त्यसैगरी शिवराज रिजालज्यूले ९०९, अमरप्रसाद भण्डारीज्यूले ९०५ र विष्णुकुमार गिरीज्यूले ८५१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ।

    खुला तर्फ निर्वाचित हुनुभएका अन्य प्रतिनिधिहरूमा नरेन्द्र पुन मगर ‘एनपी’ज्यूले ७३०, टोपाराम कालाथोकीज्यूले ६४८, टेकप्रसाद भण्डारीज्यूले ६१४, सुवास केसीज्यूले ५९१, धर्मबहादुर जिसीज्यूले ५४२ र नारायण ज्ञवालीज्यूले ४७५ मत प्राप्त गर्नुभएको छ।

    यसरी प्राप्त मतका आधारमा प्रा। डा। गोविन्दराज पोखरेलज्यू, शिवराज रिजालज्यू, अमरप्रसाद भण्डारीज्यू, विष्णुकुमार गिरीज्यू, नरेन्द्र पुन मगर ‘एनपी’ज्यू, टोपाराम कालाथोकीज्यू, टेकप्रसाद भण्डारीज्यू, सुवास केसीज्यू, धर्मबहादुर जिसीज्यू र नारायण ज्ञवालीज्यू नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनका लागि प्यूठानबाट खुला तर्फका महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो।

    खुला तर्फ निर्वाचित महाधिवेशन प्रतिनिधिहरुको नाम र प्राप्त मत निम्न बमोजिम रहेको छ:

    १. प्रा. डा. गोविन्दराज पोखरेलज्यू — ९५० मत
    २. शिवराज रिजालज्यू — ९०९ मत
    ३. अमरप्रसाद भण्डारीज्यू — ९०५ मत
    ४. विष्णुकुमार गिरीज्यू — ८५१ मत
    ५. नरेन्द्र पुन मगर ‘एनपी’ज्यू — ७३० मत
    ६. टोपाराम कालाथोकीज्यू — ६४८ मत
    ७. टेकप्रसाद भण्डारीज्यू — ६१४ मत
    ८. सुवास केसीज्यू — ५९१ मत
    ९. धर्मबहादुर जिसीज्यू — ५४२ मत
    १०. नारायण ज्ञवालीज्यू — ४७५ मत

    नेपाली कांग्रेसको पछिल्लो आधिकारिक सूचनाअनुसार १५औँ महाधिवेशनको उद्घाटन २०८३ असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ।



    mandavionline mandavionline    
  • १४ आश्विन २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP