logo

  • ११ आश्विन २०८३, आईतवार | Sun, 27 Sep 2026

  •      Listen Radio Live

    दुईवटै विद्युत् स्रोत अवरुद्ध हुँदा प्यूठानभरि विद्युत् आपूर्ति बन्द

    दुईवटै विद्युत् स्रोत अवरुद्ध हुँदा प्यूठानभरि विद्युत् आपूर्ति बन्द

    प्यूठान । लमहीबाट झिम्रुक जलविद्युत् आयोजनामा आउने १३२ केभी प्रसारण लाइनमा समस्या र अर्घाखाँचीबाट प्यूठान आउने ३३ केभी लाइनमा रूख परेपछि जिल्लाभर विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

    प्राप्त जानकारीअनुसार १३२ केभी लाइनको एउटा फेजमा समस्या आएपछि बुटवल पावर कम्पनीको झिम्रुक पावर हाउस सञ्चालन हुन सकेको छैन। त्यस्तै, अर्घाखाँचीबाट प्यूठान आउने ३३ केभी लाइनमा पनि विभिन्न स्थानमा रूख परेको छ।

    दुवै स्रोतबाट विद्युत् आपूर्ति हुन नसकेपछि प्यूठान जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको हो। समस्या समाधानका लागि प्राविधिक कर्मचारीहरू विभिन्न स्थानमा परिचालित भइसकेका छन्।



    mandavionline mandavionline    
  • ११ आश्विन २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP