logo

  • १५ भाद्र २०८३, सोमबार | Mon, 31 Aug 2026

  •      Listen Radio Live

    भोटेकोशी बाढीपछि गौमुखीमा उत्सव तथा मनोरञ्जनका कार्यक्रम रोक

    भोटेकोशी बाढीपछि गौमुखीमा उत्सव तथा मनोरञ्जनका कार्यक्रम रोक

    प्यूठानको गौमुखी गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै गाउँपालिका क्षेत्रभित्र हुने उत्सव, मनोरञ्जन तथा खुसीयालीका कार्यक्रम रोक्न अपिल गरेको छ।

    गाउँपालिकाले सूचना जारी गर्दै आगामी भदौ २५ गतेसम्म गाउँपालिका तथा गाउँपालिका क्षेत्रभित्रका संघ–संस्था, कार्यालय, समूह, क्लब तथा सम्बन्धित निकायलाई उत्सव, मनोरञ्जन र खुसीयालीका कार्यक्रम औपचारिक रूपमा आयोजना नगर्न आग्रह गरेको हो।

    बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। साथै, बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकार, सुरक्षा निकाय र सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।

    गाउँपालिकाले विपद्को अवस्थामा सबै नागरिकलाई संयमित, सहयोगी र मानवीय भावना प्रदर्शन गर्न तथा अत्यावश्यक कामबाहेक घरबाहिर तथा टाढाको यात्रा नगर्नसमेत अनुरोध गरेको छ।



    mandavionline mandavionline    
  • १५ भाद्र २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP