logo

  • ३० श्रावण २०८३, शनिबार | Sat, 15 Aug 2026

  •      Listen Radio Live

    राप्ती नदीमा बेवारिसे पुरुषको शव फेला

    राप्ती नदीमा बेवारिसे पुरुषको शव फेला

    प्यूठान । प्युठानमा एक पुरुषको शव फेला परेको छ । प्यूठानको सरुमारानी गाउँपालिका–२ ददेरीस्थित राप्ती नदीको बीच भागमा नाम, थर र वतन नखुलेको एक पुरुषको शव फेला परेको हो।

    शनिबार बिहान करिब सवा १० बजे नदीको बीच भागमा कपाल फुलेको अवस्थामा पुरुष व्यक्ति घोप्टो परेको जानकारी प्राप्त भएपछि प्रहरी चौकी ढुंगेगढीबाट प्रहरी सहायक निरीक्षक चन्द्रदेव कुँवरको नेतृत्वमा चार जनाको टोली घटनास्थल पुगेको थियो। फेला परेको शवको पहिचान खुल्न सकेको छैन।

    घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय प्यूठानबाट प्रहरी निरीक्षक कौशल पराजुलीको नेतृत्वमा SOCO सहित आठ जनाको टोलीसमेत घटनास्थलतर्फ खटिएको छ।

    जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी नरहरि अधिकारीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। शवको पहिचान तथा घटनाको थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।



    mandavionline mandavionline    
  • ३० श्रावण २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP