logo

  • ३१ श्रावण २०८३, आईतवार | Sun, 16 Aug 2026

  •      Listen Radio Live

    रोल्पा बोटलबारा पहिरा अपडेट : १० जना बेपत्ता, खोजी जारी

    रोल्पा बोटलबारा पहिरा अपडेट : १० जना बेपत्ता, खोजी जारी

    रोल्पा । थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरामा १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ । थबाङ –५ बोटलबारामा गएरातिको पहिराले घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

    पहिरामा परेका छ घरमा १० जना वेपत्ता भएका प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा गए राति नै प्रहरी टोली परिचालित भएका थिए । आज बिहानैदेखि प्रहरीको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताहरुको खोजी जारी रहेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

    उहाँले जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरुको टोली घटनास्थलमा पुगेर बेपत्ताहरुको खोजी जारी राखेको बताउनुभयो ।



    mandavionline mandavionline    
  • २८ श्रावण २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP