काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा। शशांक कोईरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ ।
शनिवार आयोजित सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको आगामी राष्ट्रिय भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न उक्त समिति र भेलाका लागि आवश्यक अन्य विभिन्न उपसमितिहरूको घोषणा गरिएको हो ।
त्यसैगरी, संघीय तथा प्रदेश सांसदहरू, पूर्वमन्त्रीहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रिय प्रमुखहरूलाई पनि मूल आयोजक समितिमा पदेन सदस्यका रूपमा समेटिएको छ । राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन विभिन्न १६ वटा विषयगत समितिहरू समेत गठन गरिएको छ । जसअन्तर्गत राजनीतिक प्रश्ताव तयारी समिति, सांगठनिक प्रश्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति र आर्थिक नीति तयारी समिति छन् ।
यसैगरी, व्यवस्थापकीय जिम्मेवारीका लागि प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, र स्वास्थ्य समिति लगायतका समितिहरू निर्माण गरिएको छ । शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापन समितिलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ ।
मूल आयोजक समिति बाहेकका अन्य विषयगत समितिहरूको नेतृत्व र सदस्यहरूको चयन आगामी केन्द्रिय कार्यसमितिको बैठकबाट यथाशिघ्र टुंगो लगाइने विश्वकर्माले बताउनुभयो ।
प्रतिक्रिया