logo

  • २६ जेष्ठ २०८३, मंगलवार | Tue, 09 Jun 2026

  •      Listen Radio Live

    प्यूठानमा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना सुरु

    प्यूठानमा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना सुरु

    प्यूठानमा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना सुरु भएको छ । बुटवल पावर कम्पनी लिमिटेडले झिमरुक जलबिद्युत केन्द्र दारिमचौरमा हाइड्रोजनको उत्पादन सुरु गरेको हो ।
    नवीकरणिय जलबिद्युत उर्जाको प्रयोग गरि बिद्युत अपघटन प्रकृयामार्फत हरित हाइड्रोजन उत्पादन सुरु गरिएको कम्पनीका प्रतिनिधि प्रकाश कुमार श्रेष्ठले जानकारी दिए । विश्व बैंकको प्राविधिक सहयोग तथा संयुक्त अधिराज्य सरकार अन्तर्गतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय मार्फत यूके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा पलान्ट स्थापना गरिएको बुटवल पावर कम्पनीले जनाएको छ ।
    हरित हाइड्रोजनले यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारण सहित प्रत्यक्ष विद्युतिकरण कठिन हुन सक्ने क्षेत्रहरूमा कार्बन उत्सर्जन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुरÞ्याउने अपेक्षा गरिएको छ ।
    सरकारले हेटौँडामा २.५ मेगावाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना अघि बढाउने योजना अघि सारेको अवस्थामा प्यूठानमा पनि हरित हाइड्रोजन पाइलट परियोजना संचालन हुनाले भारतबाट आयात हुने हाइड्रोजनको माग स्वदेशकै उत्पादनले धान्ने छ ।



    mandavionline mandavionline    
  • २६ जेष्ठ २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP